
चारालाम्पोस कोस्टालासले खेलको अन्त्यतिर गरेको गोल मदतले ब्राइटनले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई १–१ को बराबरीमा रोकेको छ । बर्नमाउथले मार्कस टाभेरनिरको गोलले अग्रता लिएको थियो ।
खेलमा ३२ औं मिनेटमा उनले पेनाल्टीबाट विवादास्पद गोल गरे । एमेक्स स्टेडियममा भ्रमणकारी टिम जिततर्फ अग्रसर देखिएको बेला कोस्टालास दोस्रो हाफको इन्ज्युरी समयमा उत्कृष्ट गोल गरेका हुन् ।
यो बराबरीपछि ब्राइटन ३० अंकमा १२ औं स्थानमा रह्यो । यो पाँचौंमा रहेको म्यानचेस्टर युनाइटेडसँग पाँच अंकको दूरी हो । बर्नमाउथ भने २७ अंकमा १४ औं स्थानमा रहेको छ ।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]