Share on:

कीर्तिमान रकममा इसाक लिभरपुल जाने निश्चित
September 1st, 2025
इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले कीर्तिमान रकममा न्युक्यासल युनाइटेडका एलेक्जान्डर इसाक अनुबन्ध गर्ने निश्चित भएको छ । बेलायती मिडियाले सोमबार यसको पुष्टि गरेका छन् ।  


स्विडेनी फरवार्ड १७ करोड ६० लाख डलरमा लिभरपुल जाने बताइएको छ । आवश्यक चिकित्सकीय प्ररिक्षणपछि छ वर्षका लागि अनुबन्ध गरिनेछ ।


यस अघि सन् २०२३ मा इन्जो फर्नान्डेज १० करोड ६० लाख पाउन्डमा बेनफिकाबाट चेल्सी गएका थिए । गत सिजन इसाकले न्युक्यासलका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। 

Swadesh Maharjan | September 1st, 2025

Comments

No comments yet.

Copyright © Nepalsports 2025

Powered by:tech himalaya