च्याम्पियन बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार पहिलो पटक अंक गुमाएको छ । रायो भालेकानोले उसलाई १–१ को बराबरीमा रोकेको हो । क्याटलान क्लबका लागि गोलरक्षक जोन गार्सियाले शृंखलाबद्ध बचाउ गरेपछि यो बराबरीको नतिजा सम्भव भएको हो ।
बार्सिलोनाले लामिन यामलले पेनाल्टीबाट गरेको गोलको मदतले अग्रता लिएको थियो । तर फ्रान पेरेजले भालेकानोका लागि बराबरी गोल फर्काए । यो नतिजापछि बार्सिलोना सुरुआती अंक तालिकाको चौथो स्थानमा रह्यो । रियल म्याड्रिड र एथलेटिको बिलबाओ तीन खेलबाट नौ अंक बटुलेर शीर्ष स्थानमा छन् ।
बिलबाओले अर्को खेलमा रियल बेटिसलाई २–१ ले पराजित गर्न सफल रह्यो । इस्पनयोलले ओसासुनालाई १–० ले हरायो ।
Comments
No comments yet.
Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]