काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले चार देशीय महिला फुटबल च्याम्पियनसिपका लागि २३ सदस्यी नेपाली टोलीको घोषणा गरेका छन्।
मनमाया दमाई र सुस्मा तामाङलाई पहिलोपल्ट समेट्दै राजेन्द्रले बिहीबार आफ्नो टोली घोषणा गरेका हुन्। उनले घाइते रक्षक हीराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीको स्थानमा दुई नयाँ अनुहारलाई मौका दिएका हुन्। यस्तै, रेनुका हमला र चन्द्रा भण्डारीले टोलीमा पुनरागमन गरेका छन्।
फागुन ५ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबननले सहभागिता जनाउने छ।
नेपालले फागुन ५ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
Comments
No comments yet.
Top Headlines