← समाचारमा फर्कनुस्
Martial Arts Nov 12, 2023 · Nepalsports

एरिकालाई प्रयागपोखरी डोजोको सम्मान

एरिकालाई प्रयागपोखरी डोजोको सम्मान

नेपाल सितोरियो कराते डो संघ, प्रयागपोखरी डोजोले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई शनिबार नगदसहित सम्मान गरेको छ । शुभ दिपावली, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको उपलक्ष्यमा प्रयागपोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा एरिकालाई सम्मान गरिएको हो ।

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, प्रयागपोखरी डोजोका संस्थापक अध्यक्ष गोपाल महर्जन, प्रयागपोखरी डोजोका प्रशिक्षक विकास महर्जनलगायतले एरिकालाई नगद २० हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

सोही अवसरमा १९ औं एसियाली खेलकुदको कराते टोलीका प्रशिक्षक कुशल श्रेष्ठ र वीरकृष्ण शाही र व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।

चीनको हाङझावमा गत असोजमा भएको एसियाली खेलकुदमा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा रजत जितेकी थिइन् । एरिकाले जितेको रजत नेपालले एसियाली खेलकुदको करातेमा जितेको पहिलो रजत पदक हो । एरिकाअघि सीताकुमारी राई, समरबहादुर गोले र विमला तामाङले एसियाली खेलकुदको फरक संस्करणमा नेपाललाई करातेमा कांस्य दिलाएका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →