← समाचारमा फर्कनुस्
Martial Arts Feb 28, 2023 · Nepalsports

वादोरियो खेलाडी श्रीलंका प्रस्थान

वादोरियो खेलाडी श्रीलंका प्रस्थान

तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ सदस्यीय नेपाली वादोरियो कराते खेलाडी टोली मंगलबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेका छन् ।

मार्च ४ तारिखमा हुने प्रतियोगिताको पुरुष ६० केजीमा पुरुषोत्तम पौखरेल, ७० केजीमा शोभाकर पन्थ, ७५ केजीमा कमाराउद्दिन अली र ९ वर्ष उमेरसमूहमा सत्यम कँडेलले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिला ५० केजीमा श्रेया राईले प्रतिस्पर्धा गर्ने छिन् ।
सोही प्रतियोगिताका लागि टोली नेता दक्षिण एसियाली वादोरियो कराते महासंघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसी र व्यवस्थापक जनेश पन्थी भने बुधबार श्रीलंका प्रस्थान गर्दै छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →