← समाचारमा फर्कनुस्
एसियन क्रस कन्ट्रीमा नेपाललाई दुई स्वर्ण

नेपाल एथलेटिक्स संघको आयोजनामा भएको गोकर्ण गल्फ रिसोर्टएसियन क्रस कन्ट्री प्रतियोगितामा मंगलबार नेपालले दुई स्वर्ण पदक जितेको छ। सिनियर पुरुष १० किलोमिटर दौडमा दीपक अधिकारीले स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै सिनियर पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको हो। दीपक, मुकेश र दीपक सुहानले १ घन्टा ४३ मिनेट १९ सेकेन्डमा दौड पूरा गरेर स्वर्ण पदक जितेका हुन्।
त्यस्तै चार रजत र दुई कास्य पदक पनि जितेको छ।
एसियन एथलेटिक्स एसोसिएसनको कार्यक्रम अनुसार संघले गोकर्ण गल्फ रिसोर्टमा आयोजना गरेको हो।
च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, चाइनिज ताइपे, हङकङ, भारत, इरान, जापान, काजकास्तान, माल्दिभ्स, पाकिस्तान र थाइल्यान्ड गरि ११ राष्ट्रका ६५ खेलाडीले प्रतिस्पर्धा गरेका हुन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |