← समाचारमा फर्कनुस्
Other Sports Aug 26, 2025 · Swadesh

युथ, क्याडेट तथा वोमेन चेस भदौको दोस्रो सता विदेशी प्रशिक्षक आईएम बख्तियार काठमाडौंमा

युथ, क्याडेट तथा वोमेन चेस भदौको दोस्रो सता   विदेशी प्रशिक्षक आईएम बख्तियार काठमाडौंमा

१० भदौ, काठमाडौँ। नेपाल बुद्धिचाल महासंघको आयोजनामा यही भदौ १३ र १४ गते दोस्रो नेशनल फ्रिडम एशियन चेस इनिसियटिभ युथ, क्याडेट तथा महिला चेस च्याम्पियनसिप हुने भएको छ।

पुरुष तथा महिला दुबै विधाका गरि ६ फरक उमेर समुहमा हुने प्रतियोगितामा युवा - १८, १६, १४, १२, १० र ८ बर्ष मुनिका खेलाडीहरुले सहभागी जनाउने छन् ।

नेपाल बुद्धिचाल महासंघको चेस टालेण्ट हण्टका रुपमा सञ्चालन हुने यस प्रतियोगितामा देशभरका ५ सय भन्दा बढी विद्यार्थी खेलाडीहरुको सहभागी रहने प्रतिस्पर्धा काठमाडौको बुद्धनगर स्थित क्वालिटी बाङ्क्वेटमा संचालन हुनेछ। 

कूल ३ लाख छत्तीस हजार नगद पुरस्कार रहेको प्रतियोगितामा प्रत्येक समुहका विजेताले जनही १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ४ हजार नगद, प्रमाणपत्र तथा मेडल हात पार्ने छन्। 

यस्तै १२० जना खेलाडीहरु पुरस्कृत हुने च्याम्पियनसिपमा चौथो देखि दशौं स्थान प्राप्त गर्ने खेलाडीले समेत नगद पुरस्कार हात पार्ने छन्।

यस प्रतियोगिताका लागि एफएसिआईका प्रोजेक्ट प्रमुख मिस जजिरा इस्कामदिरोभ र काजकिस्तान चेस फेडेरेसनका प्रथम उपाध्यक्ष जिएम दर्मेन सद्भाकासोभ बिहिबार नेपाल आउने भएका छन्।

नेपालको बुद्धिचाल खेल बिकासमा टेवा पुर्याउने हेतुले विश्व बुद्धिचाल महासंघ व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक तथा सुपर जिएम भिक्टोर बोलोगन शुक्रबार नेपाल आउने तय भएको छ। 

महासंघका अध्यक्ष हेराकाजी महर्जनले भिक्टोर बोलोगनको नेपाल आगमन खास अर्थ रहने जानकारी गरेका छन्। नेपालमा चेस बिकासकालागि काजकिस्तान चेस संघसंग महासचिव धर्म बहादुर लामाले समन्वय गरेका हुन्। उनले खेलाडी प्रशिक्षण तथा प्रतियोगिता सहभागी निःशुल्क रहने बताए।

दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स प्रतियोगिता संचालन गर्न लाग्ने १० लाख खर्च मध्ये कजाकिस्तान चेस फेडेरशनले नगद पुरस्कार सहयोग गरेको छ । यसैगरी राष्ट्रिय खेलकुद परिषदले समेत आर्थिक सहयोग गर्ने भएको छ।

६ विधाका खेल सञ्चालन गर्न मंगलबार नेपाल बुद्धिचाल महासंघ र काजाकिस्तान चेस महासंघका बीचमा हस्ताक्षर भएको छ। 

यसैबीच नेपाली चेस खेलाडीहरुलाई प्रशिक्षण दिन काजाकिस्तानका ईन्टरनेशनल मास्टर बख्तियार आस्कारोभ मंगलबार नेपाल आइपुगेको छ। पन्ध्र दिनसम्म काठमाडौको दरवारमार्ग स्थित होटल उड ल्याण्डमा संचालन हुने चेस प्रशिक्षणमा नेेपालका २० जना राष्ट्रिय खेलाडीहरु लाभान्वित हुनेछन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →