TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 22, 2026 · Swadesh

यामल फर्केपछि स्पेन लयमा

यामल फर्केपछि स्पेन लयमा

लामिन यामल फर्केपछि स्पेनले लय हात पारेको छ र यसक्रममा विश्वकप २०२६ मा शनिबार साउदी अरेबियालाई सजिलै ४–० ले पराजित गरेको छ । एटलान्टामा भएको खेलमा यामलले नै दसौं मिनेटमा गोलको खाता खोले ।

त्यसपछि २४ मिनेटभित्र मिखेल ओयारजबईले दुई गोल थपे । हसन अल–तामबाक्टीको आत्मघाती गोलले साउदी टिमको एकपक्षीय हारको औपचारिकता पूरा भएको थियो । यो जितपछि स्पेन समूह एच को शीर्षमा उक्लेको छ ।

चोटका कारण यामलले दुई महिनायता पहिलो पटक स्पेनका लागि सुरुदेखि खेलेको थिए । उपाधिको बलियो दावेदार मानिएको स्पेन पहिलो खेलमा केप भार्डेसँग निराशाजनक गोलरहित बराबरीमा रोकिएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group G
1 Iran 2 2
2 Belgium 2 2
3 New Zealand 1 1
4 Egypt 1 1
सबै समूह →