एक्टेरा नेपालको दोस्रो संस्करण मंसिर १३ मा

काठमाडौं। साहसिक खेलमा रुचि बढ्दै गएको समयमा एक्टेरा नेपाल आफ्नो दोस्रो संस्करणसहित फेरि पोखराको बेगनास किनारमा फर्किन लागेको छ।
मंसिर १३ गते हुने यो आयोजनालाई पेरिविङ्कल्स सर्भिस प्रालिले अन्तर्राष्ट्रिय एक्सटेरा प्लानेट ब्रान्डसँगको सहकार्यमा अघि बढाएको हो। एक्सटेरा विश्वभरै अफ–रोड ट्रायथलन र ट्रेल–रनिङको पहिचान बनाइएकै कारण यो आयोजनाले नेपालमा साहसिक पर्यटन र खेल दुवैलाई जोड्ने अपेक्षा गरिएको छ।
आयोजकले आइतबार गरेकाे पत्रकार सम्मेलनमा पूर्ण दूरी ट्रायथलनदेखि लिएर स्प्रिन्ट ट्रायथलन, डुआथलन, मिश्रित रिले र छुट्टाछुट्टै ट्रेल रनसम्मका विकल्प समावेश गरिएको जानकारी दियो।
पूर्ण दूरी ट्रायथलनमा १.५ किलोमिटर पौडी, बेगनास वरपरको टेकाडी हुँदै २८ किलोमिटर माउन्टेन बाइक (१४/१४ किलोमिटरका दुई ल्याप) र अन्त्यमा १२ किलोमिटर ट्रेल रन रहनेछ। छोटो दूरी रोज्नेका लागि स्प्रिन्ट ट्रायथलनमा ७५० मिटर पौडी, १४ किलोमिटर बाइकिङ र ६ किलोमिटर ट्रेल रन समावेश छ। डुआथलनमा ‘रन–बाइक–रन’ ढाँचामा ६–१४–६ किलोमिटरको दूरी रहनेछ भने मिश्रित रिलेमार्फत टोलीगत प्रतिस्पर्धाको स्वाद पनि सहभागीले लिन सक्नेछन्।
ट्रेल रनमा १२ र ६ किलोमिटरका दुई छुट्टाछुट्टै कोर्स रहनेछ।
यो संस्करणप्रति अन्तर्राष्ट्रिय खेलाडीको चासो उल्लेख्य देखिएको आयोजकले बताएको छ। हालसम्म ३० विदेशी खेलाडीले नाम दर्ता गराइसकेका छन् भने करिब १०० नेपालीलाई प्रतिस्पर्धामा सहभागी हुने अनुमान गरिएको छ। पूर्ण दूरी ट्रायथलन र १२ किलोमिटर ट्रेल रनमा नगद पुरस्कारसमेत राखिएको छ। दुवै विधाका महिला र पुरुष विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो स्थान प्राप्तकर्ताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
साहसिक खेल पर्यटनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित एक्टेराले बेगनासलाई फेरि एकपटक आफ्ना प्रतिस्पर्धीहरूको मुख्य रंगमञ्च बनाएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |