← समाचारमा फर्कनुस्
Martial Arts Apr 29, 2023 · Nepalsports

विश्व ताइची तथा छिगुङ दिवस मनाइयो

विश्व ताइची तथा छिगुङ दिवस मनाइयो

नेपालमा पनि विश्व ताइची ९त्बष्अजष्० तथा छिगुङ ९त्तष्नयलन० दिवस शनिबार मनाइएको छ । नेपाल उमा कुङफु संघले शंखपार्कमा कार्यक्रम आयोजना गरी विश्व ताइची तथा छिगुङ दिवस मनाएको हो ।

 विश्वका ७० भन्दा बढी देशमा अप्रिल महिनाको अन्तिम शनिबार स्थानिय समय अनुसार बिहानको १० बजे यो दिवस हरेक वर्ष मनाइने गरेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । अध्यक्ष लामाले ताइची र छिगुङ खेलको उत्पति, महत्व र फाइदा बारे प्रकाश पारेका थिए ।

 कार्यक्रममा ताइची, छिगुङ, कुङफु फ्यान, कुङफु नाइन स्टिक र कुङफु बक्सिङको प्रदर्शनी खेल प्रस्तुत गरिएको थियो । ७५ वर्षीय निमबहादुर गुरुङ र ७ वर्षीया जेसिका तामाङले समेत प्रदर्शनी खेल प्रस्तुत गरेका थिए ।

 विगत २५ वर्षदेखि ताइची खेलमा संलग्न ७५ वर्षीय श्याम गौतमले ताइचीले मानिसलाई विभिन्न रोगबाट मुक्त गर्न सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

 कार्यक्रममा नेपाल उमा कुङफु संघका प्रथम उपाध्यक्ष संजीतकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, महासचिव भूपेन्द्र गुरुङ, सचिव रमेश महर्जन, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ र सहायक प्रमुख प्रशिक्षक उद्धव थापा मगर, तार्केश्वर उमा कुङफु स्कुलका अध्यक्ष शिव कुँवर, नेपाल उमा कुङफु संघमा आबद्ध विभिन्न क्लब, शाखाका प्रतिनिधि, खेलाडी, प्रशिक्षकलगायतको उपस्थिति रहेको थियो  ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →