← समाचारमा फर्कनुस्
Other Sports Jul 21, 2025 · Swadesh

वर्ल्ड च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले प्रतिस्पर्धा गर्ने।

वर्ल्ड च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले प्रतिस्पर्धा गर्ने।

श्रावण ५ गते , गोवा।

शारिरिक रुपमा अशक्त चेस फेडेरेशन (CFPD) र विशेष रुपमा सक्षम गोवा चेस एशोशिएशन (GCASA) को संयुक्त आयोजनामा फरक क्षमता भएका व्यक्तिहरूको लागि २४ औं विश्व व्यक्तिगत चेस च्याम्पियनसिप (IPCA) छिमेकी मुलुक भारतमा आजबाट सुरु भएको छ। 

विश्व बुद्धिचाल महासंघको तत्वावधानमा जुलाई २१ देखि ३१ सम्म भारतको गोवामा सञ्चालन हुने प्रतियोगिताको भव्य समारोह बीच गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले उद्घाटन गरेका छन्। 

यस प्रतियोगितामा नेपालका विश्व विजय घिमिरेले खेलाडीका रुपमा नेपालको प्रतिनिधि गर्दै सोमबार उद्घाटन समारोहमा उपस्थित भएका छन्। फरक क्षमताको बीचमा हुने स्पर्धामा ५५ बर्षिय विश्व विजय घिमिरेलाई सहभागीताको लागि मेची नगरपालिकालेे आर्थिक सहयोग प्रदान गरिएको थियो ।

विश्व चेस महासंघको आधिकारिक वर्ल्ड च्याम्पियनसिपमा भने नेपालको यो तेस्रो सहभागीता हो । यसअघि सन् २०२४ मा नेपाल च्याम्पियन रुपेश जैशवालले अजरबैजानमा भएको वर्ल्ड  साइकल छनौटमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

त्यस्तै सन् २०२४ कै काजाकिस्तानमा भएको वर्ल्ड युथ क्याडेट च्याम्पियनसिपमा त्रियोग उच्च माविका विद्यार्थीहरुले नेपालको प्रतिनिधित्व गरेका थिए।

त्यसैगरी यस वर्ल्ड च्याम्पियनसिपमा नेपालका अन्तर्राष्ट्रिय आविर्टर  यज्ञप्रसाद पन्त निर्णायकको भुमिकामा रहनेछ। कुनै पनि वर्ल्ड च्याम्पियनसिपमा निर्णायकको रुपमा नेपाली आर्विटरको यो पहिलो अवसर पनि हो।

नेपाल बुद्धिचाल महासंघको पहलमा नेपालको प्रतिनिधित्व गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी विश्व विजयले विश्व स्तरिय खेलमा सहभागी हुन पाउनु गौरवको विषय हो भन्दै राम्रो प्रदर्शन गर्ने बताएका छन्।

महासंघकै पहलमा मौका प्राप्त गरेका निर्णायक आईए पन्तले विश्व स्तरिय अवसरलाई चुनौतीको रुपमा लिएको बताए ।

उक्त फरक क्षमता भएका बुद्धिचाल खेलाडीहरुको वर्ल्ड च्याम्पियनसिपमा नेपाल सहित आयोजक राष्ट्र भारत,  कजाकिस्तान, चीन, इजरायल, फ्रान्स, रुस, पोलाण्ड, स्लोभाकिया,हंगेरी, चेकोस्लाभाकिया, मंगोलिया, फिलिपिन्स, अवरबैजान, उब्जेकिस्तान लगायत देशहरुका ९७ जना खेलाडीहरुको सहभागीता रहेको छ ।

भारतको पर्यटकीय स्थल गोवामा आगामी ११ दिन सम्म संचालन हुने नौ चरणको प्रतिस्पर्धामा खेलाडीलाई हौसला प्रदान गर्न नेपाल  बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र विश्व स्तरीय खेल अवलोकन गर्न खेलाडी राजभाई महर्जन भारत पुगेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →