← समाचारमा फर्कनुस्
महिला भलिबलमा नेपालको सान्त्वना जित

काठमाडौँ– चीनमा जारी एशियाली खेलकुदअन्तर्गत नेपाली महिला भलिबल टोलीले मंगोलियालाई पराजित गरेको छ।
नेपालले मंगोलियालाई ३–२ को सेटमा पराजित गरेको हो।
पहिलो सेट २५–१७ ले गुमाएको नेपालले त्यसपछि कमब्याक गर्दै लगातार दुई सेट जितेको थियो। त्यसपछि दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२१ ले जितेको थियो।
तर, चौथो सेट मंगोलियाले २५–१८ ले जितपछि खेल २–२ को बराबरी भएको थियो।
पाँचौ तथा अन्तिम सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै नेपालले प्रतियोगितामा सान्त्वना जित दर्ता गरेको हो। जितसँगै नेपाल १३ टोली सम्मिलित मिहला भलिबलमा ११औँ भएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |