← समाचारमा फर्कनुस्
Volleyball Sep 29, 2026 · Swadesh

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलमा आज चार खेल हुँदै

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबलमा आज चार खेल हुँदै

बुटवल, असोज १३ गते । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ अन्तर्गत मंगलबार चार खेल हुँदैछ । 

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा जारी प्रतियोगितामा पहिलो खेलमा खैरा भलिबल क्लब र मणिमुकुन्द भलिबल क्लब प्रतिस्पर्धा गर्दैछन् । यस्तै दोस्रो खेलमा गल्कोट भलिबल क्लब र भारतको गुजराज स्र्पोटिङ क्लब, तेस्रो खेलमा श्रीलंका पुलिस क्लब र विभायीय टोली नेपाल पुलिस क्लब तथा चौथो खेलमा सभापोखरी भलिबल क्लब र नेपाल एपीएफ क्लब भिड्नेछन् । 

प्रतियोगिताको औपचारिक उद्घाटन दिउँसो १ः०० बजे पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन सोमबार सभापोखरी भलिबल क्लब र भारतको गुजराज स्र्पोटिङबिचको खेल कमजोर प्रकाशका कारण पहिलो सेटपछि रोकिएको थियो । असोज १७ गतेसम्म चल्ने प्रतियोगितामा स्वदेशी र विदेशका गरी आठ टोलीको सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहका विभाजन गरिएको छ । 

समूह समूह ‘ए’ मा खैरा क्लब पन्चाब, श्रीलंका पुलिस क्लब, नेपाल पुलिस क्लब र  मणिमुकुन्द भलिबल क्लब रहेको छ । यस्तै समूह ‘बी’ मा सभापोखरी भलिबल क्लब, गल्कोट भलिबल क्लब, गुजराज स्र्पोटिङ क्लब र नेपाल एपीएफ क्लब रहेको छ । समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल विजेताबीच उपाधि भिडन्त हुनेछ । 

प्रतियोगिताको विजेता टोलीलाई रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ, उपविजेतालाई तीन लाख ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष आचार्यले जानकारी दिए । 

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार नगदसहित सम्मान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →