← समाचारमा फर्कनुस्
एभरेस्ट वुमन्स भलिबल लिगको टाइटल स्पोन्सरमा रेड बुल

एभरेस्ट वुमन्स भलिबल लिगको आगामी तीन संस्करणका लागि रेड बुल टाइटल स्पोन्सर बनेको छ। लिग आयोजकले बुधबार रेड बुलसँगको सहकार्यबारे औपचारिक घोषणा गरेको हो। यो साझेदारी आगामी संस्करणदेखि लागू हुनेछ।
विश्वप्रसिद्ध इनर्जी ड्रिङ्क ब्रान्ड रेड बुल र नेपालमा महिलाको प्रमुख खेलकुद प्रतियोगितामध्ये एक एभरेस्ट वुमन्स भलिबल लिगबीच भएको यस सहकार्यले नेपालमा महिला खेलकुदको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
साझेदारी अन्तर्गत लिगको प्रतिस्पर्धात्मक स्तर र व्यावसायिकता अभिवृद्धि गर्ने, खेलाडीको विकासमा सहयोग पुर्याउने तथा लिगको पहुँच र लोकप्रियता विस्तार गर्ने लक्ष्य राखिएको छ। साथै, युवा तथा किशोरीलाई खेलकुदमा आकर्षित गर्दै महिला भलिबलका लागि दीर्घकालीन आधार तयार पार्ने उद्देश्य पनि लिइएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |