TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Mar 17, 2026 · Swadesh

महिला लिग भोलिदेखि सुरु हुँदै

महिला लिग भोलिदेखि सुरु हुँदै

काठमाडौं। सहिद स्मारक राष्ट्रिय महिला लिग २०८२ को पूर्वसन्ध्यामा आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा सहभागी टोलीका प्रशिक्षक, कप्तान तथा पदाधिकारीहरूले आफ्ना धारणा सार्वजनिक गरेका छन्।


पत्रकार सम्मेलनमा बोल्दै विभिन्न टोलीका प्रतिनिधिहरूले प्रतियोगिताका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन्। उनीहरूले उच्च लक्ष्यका साथ मैदान उत्रने, उत्कृष्ट प्रदर्शन गर्ने र उपाधिका लागि कडा प्रतिस्पर्धा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, यसपटकको लिगलाई अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने विश्वाससमेत व्यक्त गरिएको छ।


यस संस्करणको महिला लिगमा सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, न्युरोड टिम (एनआरटी), नेपाल पुलिस क्लब, आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लब, संकटा फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब गरी कुल नौ टोली सहभागी हुनेछन्।


प्रतियोगिता भोलिदेखि ललितपुरको च्यासल रंगशालामा सुरु हुनेछ। उद्घाटन दिनमै दुई खेल आयोजना गरिने तालिका रहेको छ। एनआरटी–संकटा र आर्मी–झापा भिड्ने छन्।


आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगितालाई व्यवस्थित, अनुशासित र सफल रूपमा सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →