← समाचारमा फर्कनुस्
Football Sep 19, 2025 · Swadesh

पाँच टिमले खेल्दै साफ क्लब वुमेन्स च्याम्पियनसिप

पाँच टिमले खेल्दै साफ क्लब वुमेन्स च्याम्पियनसिप

काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघले पहिलो पटक आयोजना गर्न लागेको साफ क्लब वुमेन्स च्याम्पियनसिप २०२५ मा पाँच क्लब सहभागी हुने भएको छ । प्रतियोगिता डिसेम्बर ५ देखि २० सम्म हुनेछ ।


महासंघले शुक्रबार जनाए अनुसार सहभागी हुने टिममा नेपालको एपीएफ, भारतको इस्ट बंगाल, भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशको नासरिन स्पोर्टस एकेडेमी छन् ।


महासंघले दक्षिण एसियामा महिला फुटबलको क्लब प्रतियोगिता गर्न लागेको यो पहिलो पटक हो । महासंघले यसलाई ऐतिहासिक भएको पनि जनाएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →