← समाचारमा फर्कनुस्
Cricket Aug 05, 2026 · Swadesh

वेस्ट इन्डिजलाई हारको दबाब

वेस्ट इन्डिजलाई हारको दबाब

वेस्ट इन्डिजले पाकिस्तानविरुद्धको दोस्रो तथा अन्तिम टेस्टको तेस्रो दिन बुधबार ६० रनको अग्रता लिएको छ र तर घरेलु टिममाथि हारको दबाब पनि बनेको छ । दिनको खेल समाप्त हुँदा वेस्ट इन्डिलले आफ्नो दोस्रो इनिङ्समा ६ विकेट गुमाएर १ सय ३ रन बनाएको छ ।

जस्टिन ग्रेभ्स १ रन बनाएर खेलिरहेका छन् । सजिद खानले ३२ रनमा ४ तथा अली उस्मनले २९ रनमा २ विकेट लिएपछि वेस्ट इन्डिज दबाबमा आएको थियो । ओपनर कभेम होडजको ३४ रन नै सर्वााधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

त्यस अगाडि पाकिस्तान आफ्नो पहिलो इनिङ्समा ३ सय ८७ रन बनाएर अलआउट भएको थियो । त्यसमा अब्दुल्लाह सफिकले सर्वाधिक १ सय ६० रन बनाए । उनले ३ सय २३ रनको सामना गरेरन १५ चौका र ३ छक्का प्रहार गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →