ब्रेन्टफोर्डलाई टाइब्रेकरमा हराएर वेस्ट ह्याम अन्तिम आठमा

वेस्ट ह्यामले सोमबार ब्रेन्टफोर्डलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै एफएकपको क्वाटरफाइनल यात्रा तय गरेको छ । वेस्ट ह्याम एफएकपको क्वाटरफाइनलमा पुगेको यो दस वर्षयता पहिलो पटक हो । लन्डन क्लब इंग्लिस प्रिमियर लिगमा भने रेलिगेसन दबाबबाट गुज्रिरहेको छ ।
निर्धारित समयको खेलमा २–२ को बराबरीमा टुंगेको थियो । त्यसमा वेस्ट ह्यामका लागि जारोड बावेनले दुई गोल गरे । ब्रेन्टफोर्डका लागि पनि थिएगोले दुई गोल गरेका हुन् । पेनाल्टी सुटआउटमा ब्रेन्टफोर्डका लागि डान्गो क्वाटारा पेनाल्टीमा चुकेपछि कोन्सटान्टिनोस माभरोपानोसले वेस्ट ह्यामका लागि पेनाल्टीमा निर्णायक गोल गरे ।
यस नतिजासँगै एफएकपको अन्तिम आठको समीकरण पनि पूरा भएको छ र ड्र पनि निकालिएको छ । त्यस अनुसार वेस्ट ह्यामले लिड्स युनाइटेड, आर्सनलले साउथह्याम्पटन, चेल्सीले पोर्ट भेल र म्यानचेस्टर सिटीले लिभरपलको सामना गर्नेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women