← समाचारमा फर्कनुस्
Other Sports Nov 09, 2024 · Swadesh

दोश्रो राष्ट्रब्यापी वडा अध्यक्ष कप चेस अर्को साता हुने

दोश्रो राष्ट्रब्यापी वडा अध्यक्ष कप चेस अर्को साता हुने

२४ कार्तिक , ललितपुर ।

ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष जयकृष्ण बोगटीले एक कार्यक्रमको आयोजना गरि दोश्रो वडा अध्यक्ष कप राष्ट्रब्यापी र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्ने बारे जानकारी गराएका छन्। 

वडा कार्यालयको सभाहल शशम्भू चौरमा दोश्रो पटक हुन गइरहेको चेस प्रतियोगिता अन्तर्गत नेपालका १०० जना राष्ट्रिय शीर्ष खेलाडीले सहभागी जनाउने बताए। वडा कार्यालयले युवा जनशक्तिलाई सत् मार्गमा दोह्र्याउन बौद्धिक खेल बुद्धिचाल सहित वार्षिक ६ वटा अन्य खेलको आयोजना गरिने जानकारी गराएका छन्।

 सामाजिक उत्तरदायित्व बहन गर्ने अभियानमा वडाले चेस खेलको निम्ति पूर्व योजना तयार गरि कूल ४ लाख रकम विनियोजित गरेको उनले बताए। जस अन्तर्गत पुरस्कार रकम १ लाख ४३ हजार प्रदान गरिने छन्। वार्षिक रुपमा खेलको निरन्तरता दिन ७५ हजार बराबर चेस सामग्री किन्न रकम  छुट्याइएको सुनाए। 

 प्रतिस्पर्धा मार्फत विजयी खेलाडीले आकर्षक ट्रफि, प्रमाणपत्र, मेडल र नगद २५ हजार प्राप्त गर्ने छन्। द्वितीय स्थानमा रहने खेलाडीले मेडल, प्रमाणपत्र र नगद १५ हजार, तृतीय हुनेले मेडफ, प्रमाणपत्र र नगद १० हजार प्राप्त गर्नेछन्। चौथो हुनेले नगद ८ हजार, पाँचौ अनि छैटौंले समान नगद ६ हजार ५ सय र सातौं देखि दशौं सम्म अटाउनेले समान नगद ४ हजार जनही हात पार्ने छन्। 

यसैगरी उत्कृष्ट महिला तिन जनाले नगद ६ हजार, उत्कृष्ट २ जना नव प्रवेशी, उत्कृष्ट ५५ वर्ष माथिका २ जना भेट्रान, उत्कृष्ट १८ सय रेटेड २ जना , उत्कृष्ट १६ सय रेटेड २ जना, उत्कृष्ट युवा १२, १४, १६, १८ वर्षका दुई दुई जना, उत्कृष्ट ललितपुरका दुई जना र उत्कृष्ट महालक्ष्मी नगरका दुई जना गरि ३३ जना खेलाडीले पुरस्कार पाउने छन्। 

 प्रतियोगिताका निर्देशक वडा सदस्य शशिधर पोखरेलका अनुसार राष्ट्रब्यापी चेस दुई दिनमा सम्पन्न गर्ने छन्। महालक्ष्मी नगरपालिका स्वयं आफैले पनि विभिन्न खेल प्रतिस्पर्धा आयोजना गर्न नगर परिषद्ले वजेट अनुमोदन गरिसकेको जानकारी गराउदै चेस खेलको क्लासिकल विधा समावेश भएको जानकारी गराएका छन्। 

दोश्रो वडा कप चेस प्रतियोगितावाट स्थानीय विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि छुट्टै पुरस्कार सहित खेलको आयोजना हुने बताए। जसले गर्दा राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम खेलाडी महालक्ष्मी नगरपालिकामा जन्म लिओस्। 

राष्ट्रिय निर्णायक एफए सोराज ताम्राकारले प्रतियोगीता कार्तिक ३० गते शुक्रबार र मंसिर १ गते शनिवार दुई दिने स्वीस लिग अन्तर्गत पहिलो दिन ५ चरणको खेल हुने र दोश्रो दिन ४ चरणको गरि ९ चरणको खेल सञ्चालन गरिने बताए। उनका अनुसार प्रत्येक खेलाडीले १५ मिनेट समय प्राप्त गर्ने छन् भने हरेक चालमा १० सेकेण्ड समय थप पाउने छन्। 

र्‍यापिड चेस विधा निकै प्रतिस्पर्धात्मक हुने भएको हुदा डिरेक्ट ईन्काउन्टर, बुकोल्ज्स् कट वान ,कट टु , मोष्ट वीन र ब्लाक वीन नियम लागु गरिने बताए। विश्व बुद्धिचाल महासंघ, एशियन चेस फेडेरेशन र नेपाल बुद्धिचाल महासंघले मान्यता प्रदान गरिएको प्रतियोगिताको फिडे इभेण्ट कोड ३९७५९४ रहेको समेत जानकारी गराएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →