← समाचारमा फर्कनुस्
Top Headlines Jun 08, 2023 · Shishir

वडा अध्यक्ष कप भेट्रान फुटबल हुने

वडा अध्यक्ष कप भेट्रान फुटबल हुने

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता जेठ ३० गतदेखि हुने भएको छ ।

चावहिल स्पोट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा मोफसलका ३ सहित १६ पुरुष टिमको सहभागिता रहने चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजब श्रेष्ठले जनाएका छन् । ४० वर्षमाथि उमेरसमूहको प्रतियोगिता सिक्स ए साइड स्वरुपमा हुनेछ ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । चार विधागत उत्कृष्टतर्फक खेलाडी, गोलरक्षक, डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

 नकआउट पद्धतिमा हुने प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुनेछ । पहिलो संस्करणको उपाधि ढोलाहिटी एफसीले जितेको थियो । फाइनल असार ४ गते हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →