← समाचारमा फर्कनुस्
Top Headlines Oct 22, 2026 · Swadesh

नेपालमा आईसीसी विश्वकप क्वालिफायर प्लेअफ डिसेम्बरमा हुने

नेपालमा आईसीसी विश्वकप क्वालिफायर प्लेअफ  डिसेम्बरमा हुने

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१, २०२६ सम्म काठमाडौंमा आईसीसी पुरूष क्रिकेट विश्वकप छनोट प्लेअफ  प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले आज प्रेस विज्ञप्तिमार्फत यो जानकारी दिएको हो।

उक्त प्रतियोगितामा आईसीसी पुरूष क्रिकेट विश्वकप लिग २ (CWCL2) मा अन्तिम स्थानमा रहने चार टोली तथा आईसीसी पुरूष क्रिकेट विश्वकप च्यलेन्ज लिग ए र बी का शीर्ष स्थान हासिल गर्ने दुई-दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरूष क्रिकेट विश्वकप  छनोट का लागि छनोट हुनेछन्।

आईसीसी पुरूष क्रिकेट विश्वकप  छनोट प्लेअफ नेपालमा आयोजना हुने भएकाले डिसेम्बर ९, ११ र १३ मा नेपाल र भारत ए बीच निर्धारित क्रिकेट अभ्यास खेलको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) र नेपाल क्रिकेट संघ (CAN) बीचको आपसी समन्वय तथा सहमतिमा तय गरी सार्वजनिक गरिने जनाइएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →