← समाचारमा फर्कनुस्
Top Headlines Oct 22, 2026 · Swadesh

हङकङ सिक्सेसका लागि स्कटल्याण्डको टोली घोषणा

हङकङ सिक्सेसका लागि स्कटल्याण्डको टोली घोषणा

काठमाडौं । आगामी 'हङकङ सिक्सेस २०२६' क्रिकेट प्रतियोगिताका लागि स्कटल्याण्डले आफ्नो ७ सदस्यीय टोली घोषणा गरेको छ। क्रिकेट हङकङ, चाइनाले आयोजना गर्ने यस प्रतियोगितामा फिन्ले म्याकक्रिथले टोलीको कप्तानी गर्नेछन्।

स्कटल्याण्डले घोषणा गरेको टोलीमा निम्न खेलाडीहरू रहेका छन्:

१. फिन्ले म्याकक्रिथ (कप्तान)

२. लाइल रोबर्टसन

३. सफ्यान शरीफ

४. जास्पर डेभिडसन

५. ज्याक जार्भिस

६. म्याकेन्जी जोन्स

७. माइकल लिस्क


हङकङ सिक्सेस २०२६ मा स्कटल्याण्डले समूह चरणमा दुई खेल खेल्नेछ। स्कटल्याण्डलाई बंगलादेश र श्रीलंकासँगै समुह बी मा राखिएको छ ।


स्कटल्याण्डको खेल तालिका (नेपाली समय अनुसार) 

· ३० अक्टोबर २०२६ (शुक्रबार): स्कटल्याण्ड विरुद्ध बंगलादेश, बिहान ०७:२५ बजे (स्थानीय समय बिहान ९:४० बजे) ।

· ३१ अक्टोबर २०२६ (शनिबार): स्कटल्याण्ड विरुद्ध श्रीलंका, बिहान ०७:२५ बजे (स्थानीय समय बिहान ९:४० बजे) ।

प्रतियोगिता ३० अक्टोबरदेखि १ नोभेम्बर २०२६ सम्म हङकङको तिन क्वोङ रोड रिक्रिएसन ग्राउन्डमा सञ्चालन हुनेछ । समूह चरणपछि शीर्ष टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन् ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →