एसएनकेसी सेमिफाइनलमा

एसएनकेसी दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भइरहेको प्रतियोगितामा एसएनकेसीले रुपन्देहीलाई ५–२ गोलले पराजित ग¥यो ।
विजयी टिमका लागि आकाश गुरुङ, राकेश श्रेष्ठ, सागर थापा, सरोज थापा र नरेश श्रेष्ठले गोल गरे । रुपन्देहीका प्रेमबहादुर राना र चन्द्रिका चौधरीले गोल फर्काए ।
काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा फ्रिडम फाइटर, तकामी र बौद्ध भेट्रान पनि सेमिफाइनलमा पुगे ।
फ्रिडमले कपन भेट्रानलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । तकामीले चितवनलाई १–० गोलले पाखा लगायो । मनु गौतमले निर्णायक गोल गरे ।
बौद्धले बूढानीलकण्ठ भेट्रानलाई पेनाल्टी सुटआउटमा २–० गोलले पन्छायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
सेमिफाइनलमा बौद्धको भेट तकामीसंग हुनेछ भने फ्रिडमले एसएनकेसी विरुद्ध खेल्ने छ । दुवै सेमिफाइनल शनिबार हुनेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |