← समाचारमा फर्कनुस्
Volleyball Nov 11, 2025 · Swadesh

रजत पदक विजेता नेपाली टोली स्वदेश फिर्ता

रजत पदक विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं। काभा महिला यु–१९ भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली यु–१९ महिला भलिबल टीम स्वदेश फर्किएको छ। 


गत आइतबार सम्पन्न फाइनल खेलमा नेपाल किर्गिस्तनासँग ३–२ को सेटमा पराजित हुँदै उप–विजेतामा सिमित बनेको थियो। 


रजत पदक विजेता नेपाली टिम सोमबार राति स्वदेश फर्किएको हो। नेपाली टिमलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतका पदाधिकारीले टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र मालासहित स्वागत गरेका हुन्।


श्रीलंकामा सम्पन्न प्रतियोगितामा आयोजक श्रीलंकासहित नेपाल, माल्दिभ्स र किर्गिस्तानको सहभागिता रहेको थियो। अयोजक श्रीलंका तेस्रो तथा किर्गिस्तान च्याम्पियन बनेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →