← समाचारमा फर्कनुस्
Volleyball Aug 29, 2024 · Swadesh

महिला भलिबल टिमलाई सम्मान

महिला भलिबल टिमलाई सम्मान

काठमाडौँ । ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ को उपविजेता बनेको नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नगदसहित सम्मान गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिवार आयोजित कार्यक्रममा टिमकी कप्तान अरुणा शाहीसहित १४ खेलाडीलाई जनही रु तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई रु दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र कुँवरलाई जनही रु एक लाख २० हजार राशीसहित पुरस्कार प्रदान गरिएको हो। 

गत साउन १७ देखि २३ गतेसम्म काठमाडौँमा भएको काभा वुमन्स भिलिबल लिगमा नेपालले दोस्रो स्थान हासिल गरेको थियो। मन्त्रिपरिषद्को गत साउन ३१ गतेको निर्णयबाट सहभागी खेलाडी र प्रशिक्षलगायतलाई गरी कूल ४७ लाख ६० हजार पुरस्कार रकम दिने निर्णय गरेको थियो। 

प्रधानमन्त्री ओलीले महिला भलिबल खेलाडीले हालसम्म पाएको सफलताप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा नयाँ कीर्तिमान कायम गर्ने गरी मेहनत गर्न आग्रह गरे। “हाम्रा खेलाडी छोरीहरुलाई थप सफलता र प्रगतिका लागि उत्साह मिलेको छ भन्ने मैले विश्वास लिएको छु।”, प्रधानमन्त्री ओलीले भने।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →