← समाचारमा फर्कनुस्
Volleyball Aug 24, 2024 · Swadesh

भलिबल संघद्वारा खेलाडीहरूलाई नगदसहित सम्मान

भलिबल संघद्वारा खेलाडीहरूलाई नगदसहित सम्मान

काठमाडौं । नेपाल भलिबल संघले काभा भलिबलमा सहभागी खेलाडी, टिम अफिसयल र प्रशिक्षकलाई सम्मान गरेको छ।

शनिबार काठमाडौं एक कार्यक्रमको आयोजना गर्दै काभा भलिबल सहभागी खेलाडीहरूलाई नगदसहित पुरस्कृत गरेको हो।

माल्दिभ्समा सम्पन्न काभा यु-२० भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली महिला भलिबल खेलाडीहरू, प्रशिक्षक र टिम ब्यवस्थापकलाई समान १५ हजारले सम्मान गरेको हो। 

यस्तै भुटानमा सम्पन्न काभाबीच भलिबल रजत पदक जितेको पुरुष टिमका दुई खेलाडी मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारलाई नगद ३० हजार तथा सोही प्रतियोगितामा महिलातर्फ स्वर्ण पदक विजेता महिला भलिबल टिमकी कमला पुन र मनिषा चौधरीलाई जनही ६० हजार तथा प्रशिक्षक उपेष विष्टलाई ४० हजारले सम्मान गरेको हो।

यस्तै, काठमाडौं सम्पन्न काभा वुमेन्स नेसन्स लिगमा रजतपदक विजेता महिला भलिबल टिमका खेलाडी र प्रशिक्षकलाई जनही एक लाख दुई हजारसहित सम्मान गरेको हो भने टिम व्यवस्थापक र फिजियोलाई ८२ हजारले सम्मान गरेको हो।

काठमाडौंमा सम्पन्न काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल खेलमा भारतसँग ३-२ को सेटमा पराजित हुँदै च्याम्पियन बन्न चुकेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →