← समाचारमा फर्कनुस्
भिल्लासँग हारेपछि टोटनहम अझ दबाबमा

एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा शनिबार टोटनहमलाई ३–२ ले पराजित गरेको छ । नयाँ सिजन लिगमा भिल्लाको यो पहिलो जित हो । यो नतिजापछि भिल्लाको पाँच खेलबाट चार अंक भएको छ र १५ औं स्थानमा उक्लेको छ ।
टोटनहम भने १८ औं स्थानमा झरेको छ र दुई अंकमा सीमित छ । हारले टोटनहममाथि अझ बढी दबाब भएको छ । अहिलेसम्म खेलेका पाँच खेलमध्ये टोटनहम तीनमा पराजित रहेको छ भने दुई खेल बराबरी खेलेका छन् । भिल्लाले योहन मानजाम्बीको गोलमा पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा अग्रता लिएको थियो ।
त्यसपछि निकोलस ज्याक्सन र एमी बेन्डियाले एक एक गोल थपे । खेलको ८६ औं मिनेटमा कोनोर ग्यालिघरले टोटनहमका लागि एक गोल फर्काए र यो सिजन लिगमा टोटनहमको यो पहिलो गोल रह्यो । त्यसपछि इन्ज्युरी समयमा जन पउल भान हेकले दोस्रो गोल गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |