TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 10, 2026 · Swadesh

भिल्ला र फ्रेबर्ग सेमिफाइनलतर्फ उन्मुख

भिल्ला र फ्रेबर्ग सेमिफाइनलतर्फ उन्मुख

इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्ला र जर्मन बुंडेसलिगा क्लब फ्रेबर्गले बिहीबार युरोपा लिगमा महत्त्वपूर्ण जित निकाल्नै सेमिफाइनल यात्रा बलियो बनाएको छ । क्वाटरफाइनल पहिलो लेगमा भिल्ललो बोलोग्नालाई ३–१ ले हराएको हो । बोलोग्नाको घरेलु मैदानमा भिल्लाका लागि ओली वाट्किन्सनले दुई गोल गरे । अर्को गोल भने एजरी कोन्साले गरे ।



बोलोग्नाका तर्फबाट जोनाथन रोले एक गोल फर्काए । लयमा रहेको फ्रेबर्गले भने आफ्नो घरमा सेल्टा भिगोलाई ३–० ले पराजित गर्‍यो । युरोपा लिगमा फ्रेबर्गले घरमा जितेको यो लगातार दसौं खेल हो । यो हारले सेल्टा भिगोलाई तीन गोलले पछाडि रहेको स्थिति उल्टाउन कठिन मिहिनेत गर्नु पर्नेछ ।


अर्को खेलमा एफसी पोर्टो र नटिंघम फरेस्टले भने १–१ को बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →