उषा र मुवासर सर्वोकृष्ट

काठमाडौं । नेपाल पुलिस क्लबकी उषा भण्डारी र हेल्प नेपाल स्पोर्टस क्लबका मुबासर राजा वाटो आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।
उषा भण्डारी महिलातर्फ र पाकिस्तानका मुवासर राजा वाटो पुरुषतर्फ सर्वोकृष्ट चुनिए। सर्वोत्कृष्ट दुवैले समान ५० हजार रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र पाए।
यसैगरी महिलातर्फ विधागत उत्कृष्टमा एभरेस्टकी केपी अनुश्री स्पाइकर, पुलसकी कमला पुन सेटर, एपिएफकी निरुता ठगुन्ना सर्भर, पुलिसकी शान्तिकला तामाङ लिबेरो र पुलिसकै रुपेशकुमार विष्ट प्रशिक्षक चुनिए भने एभरेस्टकी सूर्या उत्कृष्ट ब्लकर चुनिइन्।
पुरुषतर्फ उत्कृष्टमा गण्डकीका सन्तोष स्पाइकर, हेल्प नेपालका अदनान सेटर, गण्डकीका रमन कुमार सर्भर, पुलिसका सफल विक ब्लकर, हेल्प नेपालका टोपबहादुर थापा (दीपक) लिबेरो र हेल्प नेपालकै उत्सव खड्का प्रशिक्षक घोषित भए ।
दुवैतर्फको विधागत उत्कृष्टले जनही २० हजार रुपैयाँसँगै ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।
पुरुषतर्फ हेल्प नेपालले गण्डकी प्रदेशलाई ३-१ तथा महिलातर्फ पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३-२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेका थिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |