← समाचारमा फर्कनुस्
Volleyball Nov 16, 2024 · Swadesh

उषालाई भाटभटेनीद्वारा १० लाख रुपैयाँको प्रायोजन

उषालाई भाटभटेनीद्वारा १० लाख रुपैयाँको प्रायोजन

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन्।

महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत भाटभटेनीले भलिबलकी स्टार खेलाडी उषालाई आगामी एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्रान्ड एम्बासडर घोषणा गरेको हो। 

सो अवसरमा खेलपोसाक कम्पनी टी टेन स्पोर्ट्सले पनि उषालाई ब्रान्ड एम्बासडर घोषणा ग¥यो। कार्यक्रममा भाटभटेनी सुपर मार्केटका डाइरेक्टर कल्याण गुरुङ, टी टेनका हेड अफ बिजनेस डेपलभमेन्ट आलोकजंग जोशी र भलिबल खेलाडीबीच त्रिपक्षीय सम्झौता भएको थियो।



भाटभटेनीले सम्झौताअनुरूप उषालाई १० लाख रूपैयाँ दिने भएको छ। उनले हरेक महिना ८३ हजार तीन सय ३३ रूपैयाँ प्राप्त गर्ने भाटभटेनीले जनाएको छ। टी टेनले भने पाँच लाख रुपैयाँ प्रदान गर्ने भएको छ। सो अवसरमा भाटभटेनी सुपर मार्केटका डाइरेक्टर गुरुङले नेपालको महिला भलिबल फ्रेन्चाइज लिगमा पनि टोली खरिद गर्दै महिला भलिबलको विकासमा काम गर्न तयार रहेको बताए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →