← समाचारमा फर्कनुस्
फाइनलमा सिनर र अल्कारेज नै

अपेक्षा अनुसार यूएस ओपन २०२५ को पुरुष एकलको फाइनलमा यानिक सिन र कार्लोस अल्कारेज भिड्ने भएका छन् । पछिल्लो समय यिनै दुई खेलाडीको विश्व पुरुष टेनिसमा हाबी रहेको छ ।
त्यसैले फाइनलमा फेरि एकपल्ट कडा प्रतिस्पर्धा देख्न पाइने भएको छ । न्युयोर्कमा शनिबारको पहिलो सेमिफाइनलमा अल्कारेजले नोभाक जोकोभिचलाई सिधै ६–४, ७–६ र ६–२ ले हराए ।
विश्व नम्बर २ खेलाडी अल्कारेज लगातार तेस्रो पल्ट ग्रान्ड स्लाम प्रतियोगिताको फाइनल पुगेका छन् । यो हारले जोकोभिचको कीर्तिमान ग्रान्ड स्लाम उपाधि जित्ने सपना फेरि एकपल्ट टुटेको छ ।
दोस्रो सेमिफाइनलमा सिनरले फेलिक्स अगर–एलिसिमलाई ६–१, २–६, ६–३ र ६–४ ले पराजित गरे । विश्व नम्बर १ सिनरसाम सन् २०२५ मा तेस्रो ठूलो उपाधि जित्ने अवसर तयार भएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |