← समाचारमा फर्कनुस्
Other Sports Sep 05, 2025 · Swadesh

यूएस ओपन २०२५ः एनिसिमोभा र सबलेन्का फाइनलमा

यूएस ओपन २०२५ः एनिसिमोभा र सबलेन्का फाइनलमा

दुई उत्कृष्ट सेमिफाइनलसँगै यूएस ओपन २०२५ को फाइनल समीकरण पूरा भएको छ र त्यसमा उपाधिका लागि भिड्दै छन्, अमान्डा एनिसिमोभा र आरयना सबलेन्का । दुवै खेलाडीले फाइनल प्रवेशका लागि एक सेटले पछाडि रहेको स्थितिबाट पुर्नआगमन रचेको हो ।


अमेरिकाकी एनिसिमोभाले शुक्रबार भएको दोस्रो सेमिफाइनलमा नाओमी ओसाकालाई ६–७, ७–६ र ६–३ ले पराजित गरिन् । उनी पहिलो पटक यूएस ओपनको फाइनल पुगेकी हुने । उनी ग्रान्ड स्लाम फाइनलमा पुगेको यो लगातार दोस्रो पल्ट हो । यसअघि उनले विम्बल्डन फाइनल पनि खेलेकी थिइन् ।


शुक्रबारनै भएको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन तथा नम्बर १ खेलाडी सबलेन्काले जेसिका पेगुलालाई ४–६, ६–३ र ६–४ ले हराइन् । सबलेन्का ग्रान्ड स्लाम फाइनलमा पुगेको भने यो छैटौं पल्ट हो । उनले सन् २०२५ मा कुनै ग्रान्ड स्लाम उपाधि जित्न सकेकी छैनन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →