TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 22, 2026 · Swadesh

उरुग्वेसँग केप भार्डेको बहादुरीपूर्ण बराबरी

उरुग्वेसँग केप भार्डेको बहादुरीपूर्ण बराबरी

केप भार्डेले विश्वकप २०२६ मा अर्को उत्कृष्ट प्रदर्शन पस्कदै पूर्व च्याम्पियन उरुग्वेलाई आइतबार २–२ को बहादुरीपूर्ण बराबरीमा रोकेको छ । यो नतिजापछि समूह एच मा दुवै टिम समान दुई दुई अंकमा रहे । दुवै टिमको यो दोस्रो बराबरी हो ।

स्पेन चार अंकमा यो समूहको शीर्षमा छ । त्यसपछि उरुग्वे र विश्वकपमा डेब्यु गरिरहेको केप भार्डे रहेका छन् । साउदी अरेबिया भने एक अंकमा चार टिममध्ये सबैभन्दा पुछारमा रहेको छ ।

मियामीमा भएको खेलमा केप भार्डेले केभिन पिनले २२ औं मिनेटमा गरेको गोलको मदतले अग्रता लिएको थियो । यो नै विश्वकपमा केप भार्डेको पहिलो ऐतिहासिक गोल रह्यो । पहिलो हाफको अन्त्यतिर उरुग्वे दुई गोल गर्न सफल रह्यो ।

म्याक्सिमिलिनो एराजुले ४४ औं मिनेटमा बराबरी गोल गरेपछि अगस्टिन कोनाबिओले इन्ज्युरी समयमा दोस्रो गोल थपे र उरुग्वे खेलमा अगाडि रह्यो । खेलको ६१ औं मिनेटमा केप भार्डे फेरि खेलमा फर्केको थियो ।

हेलो भारेलाले उसका लागि गोल गरेका हुन् । खेलको अन्त्यतिर उरुग्वेले खेल नियन्त्रणमा लिए पनि थप गोल भएन् । केप भार्डेले यसअघिको खेलमा स्पेनलाई गोलरहित बराबरीमा रोकेर सनसनी मच्चाएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group J
1 Argentina 1 3
2 Austria 1 3
3 Jordan 1 0
4 Algeria 1 0
सबै समूह →