← समाचारमा फर्कनुस्
Football Sep 21, 2025 · Swadesh

चेल्सीमाथि युनाइटेडको उत्साह बढाउने जित

चेल्सीमाथि युनाइटेडको उत्साह बढाउने जित

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार राति चेल्सीमाथि २–१ को त्यस्तो जित निकालेको छ, जसले टिमको उत्साह बढाउने छ । यो प्रशिक्षक प्रशिक्षक रुबेन एमोरिमलाई राहत हुनेछ । नत्र उनी वर्खास्त हुने सम्भावना बताएको थियो ।


ओल्ड ट्रायफोर्डमा भएको खेलमा युनाइटेडले ब्रुनो फर्नान्डेज र कासेमिरोको गोलले पहिलो हाफमा सहज अग्रता लिएको थयिो । ट्रेभोह चालोबहले चेल्सीका लागि एक गोल फर्काए । खेलको अन्त्यमा दुवै टिम दस खेलाडीमा सीमित रहेका थिए । यो जितपछि युनाइटेडको सात अंक भएको छ र दसौं स्थानमा उक्लेका छ ।


चेल्सी भने आठ अंकमा छैटौं स्थानमा छ । शनिबारका अन्य खेलमा फुलहमले ब्रेन्टफोर्डलाई ३–१, लिड्स युनाइटेडले उल्भ्सलाई ३–१ र क्रिस्टल प्यालेसले वेस्ट ह्यामलाई २–१ ले हरायो । यस्तै ब्रायटन र टोटनहमले २–२ र बर्नली र नटिङ फरेस्टले १–१ को बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →