यू-१७ फुटबल टिमको घोषणा

काठमाडौँ। साफ यू-१७ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको घोषणा भएकाे छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मुख्य प्रशिक्षक सञ्जित सिंहले सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिप खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका हुन्।
नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् । त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।
साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ । त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा श्रीलंकासँग र सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |