← समाचारमा फर्कनुस्
Football Sep 11, 2025 · Swadesh

यू–२३ टिमलाई नेपाल फर्कन सास्ती

यू–२३ टिमलाई नेपाल फर्कन सास्ती

काठमाडौं– नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम शुक्रबार मात्रै काठमाडौं आइपुग्ने भएको छ र यसबीच खेलाडीहरूले सास्ती नै बेहोर्नु परेको छ । एएफसी यू–२३ एसियनकप छनोट खेल्न ताजाकिस्तान गएको नेपाली टिम निर्धारित समय अनुसार बुधबार आइपुग्नु पर्ने हो ।


तर त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल बन्द भएको कारण यो सम्भव भएन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाली टिम शुक्रबार साँझ छ बजेतिर आइपुग्ने छ । त्यसका लागि टिमले ताजाकिस्तानको दुसानबेबाट स्थानीय समय अनुसार विहान चार बजे नै निस्कनेछ ।


टिम दुबई भएर काठमाडौं आइपुग्न लागेको हो । निर्धारित कार्यक्रम अनुसार नेपाली टिम दुबई जानका लागि ताजाकिस्तानको दुसानबे विमानस्थल पुगेको थियो । तर त्यहाँ आठ घण्टा बिताएर फेरि फर्किनु परेको थियो र यसको कारण थियो, होटल नपाउनु ।


नेपाली टिमले होटलको व्यवस्थापन गर्न निकै गाह्रो भएको थियो । दुबई विमानस्थलको टर्मिनलमा काठमाडौं आउनेको संख्या अत्याधिक रहेको हुनाले पनि थप समस्या भएको हो । बुधबार बेलुका नेपाली टिमले जेन–जीको आन्दोलनमा निधन हुनेको सम्मानमा दीप पनि प्रज्ज्वलित गरेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →