← समाचारमा फर्कनुस्
साफ यू-१९ च्याम्पियनसिप नेपालले आयोजना गर्ने

नेपालले साफ यू-१९ च्याम्पियनसिप आयोजना गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले नेपालले साफ आयोजना गर्ने जानकारी दिएका हुन्।
उनका अनुसार प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म हुने छ। यसअघि यो प्रतियोगिता साफ यू-२० को नामबाट आयोजना भएको थियोे।
भारतमा भएको प्रतियोगिताको फाइनलमा घरेलु टोलीले बंगलादेशलाई पेनाल्टी सुटआउटका ५-२ गोलअन्तरले पराजित गर्दै दोस्रोपटक उपाधि जितेको थियोे।
सिंगल राउन्ड रोबिनमा भएको प्रतियोगितामा नेपाल तेस्रो भएको थियो। नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो।
यस्तै, बंगलादेशलाई १-१ गोलको बराबरीमा रोकेको थियोे। तर, भारतसँग भने ८-० को फराकिलो हार बेहोरेको थियोे।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |