यू–१७ वुमेन्स एसियनकप छनोट खेल्ने टिम घोषणा

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार थाइल्यान्डमा हुने यू–१७ वुमेन्स एसियनकप छनोट खेल्ने टिम घोषणा गरेको छ । टिमका मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठले रहेका छन् ।
थाइल्यान्डसँगै यो समूहमा तुर्किमिनिस्तान रहेका छन् । खेलहरु चोनबरीमा हुनेछन्ने । नेपालले आफ्नो पहिलो खेल तुर्किमिनिस्तानविरुद्ध अक्टोबर १५ मा खेल्नेछ ।
कुल २३ सदस्यीय टिममा गोलरक्षकमा झरना डुम्राकोटी, लक्ष्मी ओली र भुपिका शाही छन् भने डिफेन्डरमा दीक्षा रायमाझी, एलिजाकुमारी विक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्सु विक छन् ।
मिडफिल्डका खेलाडीमा रविना विक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबटीका कार्की, भुमिका बुढाथोकी (कप्तान) आयुषा रेउले र सिर्जना बडुवाल छन् भने फरवार्डमा भने अस्मिता मगर, पूजा गिरी, यामकुमारी विका र अनिता रानामगर छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |