← समाचारमा फर्कनुस्
यू-१६ लिगमा एनआरटीले बढी उमेरको खेलाडी खेलाएको पुष्टि

आर्मीले यू–१६ लिगमा बढी उमेरका खेलाडी खेलाएको भन्दै न्यूरोड टिम (एनआरटी) विरूद्व गरेको अपिलको निर्णय भएको छ।
लिगअन्तर्गत पहिलो खेलमा एनआरटीसँग ५-१ गोलअन्तरले पराजित भएपछि आर्मीले बढी उमेरको खेलाडी खेलाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)मा अपिल गरेको थियो।
छानबिनको क्रममा एनआरटीले बढी उमेरको खेलाडी मैदान उतारेको पाइएको एन्फाले जनाएको छ। एन्फाले कारबाहीस्वरूप एनआरटीले जोडेको तीन अंक खोसेको छ।उक्त खेलमा एन्फाले आर्मी ३-० गोलअन्तरले विजयी भएको घोषणा गरेको छ।
एन्फाले अर्को खेलमा विवादित खेलाडीलाई मैदान उतार्न नदिने बताएको छ।
एनआरटीले लिगको दोस्रो खेल एफसी खुमलटारसँग खेल्ने छ। शनिबार च्यासल मैदानमा हुने खेल दिउँसो ४ बजे शुरू हुने छ। खुमलटार पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग ६-१ गोलअन्तरले पराजित भएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |