← समाचारमा फर्कनुस्
दुवै खेल बराबरी समाप्त

इंग्लिस प्रिमियर लिगको आइतबार भएका सुरुआती दुवै खेल बराबरीमा टुंगेका छन् । त्यसमध्ये पहिलो खेलमा बर्नमाउथ र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेले ।
बर्नमाउथ १० अंकमा तेस्रो स्थानमा छ भने न्युकासलको छ अंक भएको छ र १३ औं स्थानमा छ । यस्तै अर्को खेलमा दस खेलडीमा सीमित सन्डरल्यान्डले एस्टन भिल्लालाई १–१ को बराबरी रोक्यो ।
भिल्लाले म्याटी क्यासको गोलले अग्रता लिएपछि सन्डरल्यान्डका लागि विल्सन इसिडोरले बराबरी गोल फर्काए । सन्डरल्यान्डको आठ अंक भएको छ र सातौं स्थानमा छ । यस्तै भिल्ला भने तीन अंकमा १८ औं स्थानमा छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |