← समाचारमा फर्कनुस्
Other Sports Jul 19, 2025 · Shishir

त्रियोग अन्तर स्कुल चेस आइतबारदेखि

त्रियोग अन्तर स्कुल चेस आइतबारदेखि

त्रियोग हाई स्कुलको आयोजनामा पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार सुरु हुँदै छ । स्विस लिग प्रणालीमा सञ्चालन हुने सो प्रतियोगितामा ६० विद्यालयका  करिब ४ सय विद्यार्थीको सहभागिता रहने विद्यालयले जानकारी दिएको छ । 

दुईदिने कार्यक्रम अन्तर्गत पहिलो दिन छनोट खेल हुने छन् । हरेक स्पर्धामा शीर्ष २० स्थान पाउनेको बिचमा दोस्रो दिन खेल हुने छ । प्रतियोगितामा कुल ८ स्पर्धा समावेश गरिएका छन् । 

३ कक्षासम्म, कक्षा ४ र ५, कक्षा ६ र ७ तथा कक्षा ८ देखि १० सम्मका छात्र तथा छात्राको स्पर्धा समावेश गरिएका छन् । आयोजक विद्यालयले पहिलो दिनको बिहान नौ बजे सम्पूर्ण सहभागी विद्यालयलाई सम्पर्कमा आइसक्न अनुरोध गरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →