← समाचारमा फर्कनुस्
Other Sports Jun 26, 2026 · Swadesh

त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन

त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई-स्पोर्ट्सका च्याम्पियन
असार १२ गते । तेस्रो संस्करणको राष्ट्रिय ई-स्पोर्ट्स प्रतियोगितामा फ्रि-फायरतर्फ त्रिनेत्र र पब्जी मोबाइलतर्फ द फोर एलिमेन्ट्स च्याम्पियन बनेका छन्।
ई स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसहित दुवै टोलीले समान ८० हजार नगद पुरस्कार प्राप्त गरे।

प्रतियोगिताको ई–फुटबल विधातर्फ रजत बुढाथोकी च्याम्पियन बने। फाइनलमा बिकुल रानालाई पराजित गर्दै उनले उपाधि आफ्नो नाममा लेखाएका हुन्।


विजेता खेलाडी तथा टोलीलाई रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, ईशानका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसी तथा बोर्ड सदस्यहरू मौषमी लामा र सिजन भट्टराई लगायतले ट्रफी, मेडल तथा पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगिताका संयोजक प्रकाश घर्तीका अनुसार प्रतियोगिता जेठ १८ गतेदेखि सुरु भएको थियो भने फाइनल चरणका खेलहरू असार ८ देखि ११ गतेसम्म सञ्चालन भएका थिए।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, बागमती प्रदेश खेलकुद परिषद, एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स लगायत विभिन्न संघ-संस्थाहरूले सहयोग गरेका थिए।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →