← समाचारमा फर्कनुस्
टोटनहमको रेलिगेसन डर बढ्दै

दस खेलाडीमा सीमित टोटनहमले बिहीबार क्रिस्टल प्यालेसको हातबाट ३–१ हार बेहोरेको छ र यसले उसमाथि इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने सम्भावना बढेको छ । लन्डनमा टोटनहमले डोमिनिक सोलोन्कीको गोलले अग्रता लिएको थियो ।
तर टोटनहमले पहिलो हाफमै रातो कार्डमा मिकी भान डे भेनलाई गुमाएपछि प्यालेसका लागि खेलमा फर्कने अवसर बनेको थियो । त्यस क्रममा प्यालेसका लागि इस्माइल सारले दुई तथा जोर्गन लारसनले एक गोल गरे ।
यो जितले प्यालेस भने ३८ अंकमा १३ औं स्थानमा उक्लेको छ र रेलिगेसन डर लगभग समाप्त भएको छ । यसको ठीक उल्टो टोटनहममाथि भने चर्को दबाब सिर्जना गरेको छ ।
टोटनहम २९ खेलबाट २९ अंकमा १६ औं स्थानमा कायम रह्यो र यो रेलिगेसन क्षेत्रबाट एक अंकको दूरी मात्रै हो । उसको पछाडि नटिंघम फरेस्ट र वेस्ट ह्याम समान २८ अंकमा रहेका छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women