← समाचारमा फर्कनुस्
पीएसजीको पहिलो लिग जित

फेरान टोरेसले गरेको एक मात्र निर्णायक गोलको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्स लिग वानमा ब्रेस्टलाई १–० ले हराएको छ र यससँगै नयाँ सिजनको पहिलो जित निकालेको छ ।
लुइस एनरिकेको युरोपेली च्याम्पियन पीएसजीले यसअघिका तीन खेलमा दुई अंक मात्र हात पारेको थियो र अविश्वसनीय ढंगले खराव सुरुआत लिएको थियो ।
तर अहिलेको जितले प्रशिक्षक र टिम दुवैलाई राहत दिनेछ । खेलको एक मात्र गोल नयाँ अनुबन्धित खेलाडी टोरेसले पाँचौं मिनेटमै गरे र यो नै अन्ततः निर्णायक सावित भयो ।
यो जितपछि पीएसजी पाँच अंकमा सातौं स्थानमा रह्यो । लिल र मोनाको दस दस अंकमा लिग तालिकाको सुरुआती दुई स्थानमा छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |