← समाचारमा फर्कनुस्
Volleyball Dec 13, 2024 · Swadesh

काभा क्लब भलिबल : उपाधिका लागि हेल्प नेपालले क्यालिकट हिरोजको सामना गर्ने

काभा क्लब भलिबल : उपाधिका लागि हेल्प नेपालले क्यालिकट हिरोजको सामना गर्ने

काठमाडौं । हेल्प नेपाल स्पोर्ट क्लब काभा पुरुष क्लब च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

हेल्प नेपालले पहिलो सेट २५–१६, दोस्रो सेट २८–१८ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्यो।

लिग चरणबाट हेल्प नेपाल दोस्रो र एचडिसी चौथो स्थानमा रहेर सेमिफाइनल प्रवेश गरेका थिए।

शनिबार हुने फाइनलमा हेल्प नेपालले क्यालिकट हिरोजको सामना गर्नेछ। पहिलो सेमिफाइनलमा क्यालिकट हिरोजले इरानलाई ३–१ को सेटमा हराएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →