← समाचारमा फर्कनुस्
टाइगर कप भलिबल माघ दोस्रो साताबाट

काठमाडौं । छैटौं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता टाइगर कप भलिबल माघमा हुने भएको छ।
आयोजक टाइगर ग्रुप अफ पोखराले शनिबार खेलकुद पत्रकार मञ्च त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गरी माघ ९ गते देखि १८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका हो। प्रतियोगिताका खेलहरु पोखरा रंगशालाको भलिबल कोर्टमा हुने छ।
प्रतियोगिताको पुरस्कार राशी यस पटक पनि बढाइएको छ। गत संस्करणको विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेकोमा यस पटकको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने छन्। यसैगरी दोस्रो हुनेले ३ लाख ६६ हजार ६ सय ६६ प्राप्त गर्दा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |