← समाचारमा फर्कनुस्
Volleyball Jan 17, 2025 · Swadesh

टाइगर कप माघ १२ देखि, विजेताले ५ लाख ८५ हजार ५५५ पाउने

टाइगर कप माघ १२ देखि, विजेताले ५ लाख ८५ हजार ५५५ पाउने

काठमाडौं । पाँचाे संस्करणकाे टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने भएका छन्। उपविजेता २ लाख ८५ हजार ५५५ तथा तेस्रो हुनेले १ लाख ८५ हजार ५५५ पाउनेछन्।

काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजक टाइगर गुप्र अफ पोखराले प्रतियोगिताको बारेमा जानकारी दिएको हो। 

यस्तै प्रतियोगितामा १२ टोलीको सहभागिता रहने भएकाे छ। माघ १२ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगितामा दुवैतर्फ तीन विभागीय र एक विदेशी टोलीको सहभागिता रहनेछ।

प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, 

गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब अमीन भारत, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै, महिलातर्फ एपिएफ क्लब, न्यु डायमन्ड स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्यान्डको ट्राभल इन्क्वारी  युनाइटेड प्यासन भलिबल क्लबको सहभागिता रहनेछ।

प्रतियोगितामा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी २५ हजार ७७७, उत्कृष्ट सर्भर १० हजार ५५५, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान १० हजार ५५५ पाउनेछन्।

यस्तै, प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड २५ लाख खर्च हुने अनुमान गरेको आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजकमा एनसेएल रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →