बिहीबारदेखि इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप

काठमाडौं। आइओएफटिसी नेपालको आयोजनामा १५औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप बिहीबारदेखि सुरु हुँदैछ। पुस ३ देखि ५ गते (डिसेम्बर १८–२०) सम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा प्रतियोगिता आयोजना हुनेछ।
सन् २००० देखि सञ्चालन हुँदै आएको आइओएफटिसीले २५ वर्षको यात्रा पूरा गरेको अवसरमा यसपटक प्रतियोगिता अझ भव्य रूपमा आयोजना गर्न लागिएको हो।
१५औँ संस्करण आयोजना गर्ने जिम्मेवारी नेपालले पाएको छ। प्रतियोगितामा नेपालसहित दक्षिण कोरिया, अमेरिका, भारत, चीन, अस्ट्रेलिया, क्यानडा, फिलिपिन्स, पाकिस्तान, मेक्सिको, माल्दिभ्स, बंगलादेशलगायत देशका करिब एक हजार खेलाडी, प्रशिक्षक र रेफ्री सहभागी हुनेछन्।
वर्ल्ड तेक्वान्दोको नियमअनुसार क्यारुगी र पुम्से विधामा सिनियर, जुनियर र क्याडेट वर्गमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा कुल ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि खेल हुनेछ। कुल पुरस्कार राशि ७ लाख २५ हजार रुपैयाँ रहेको छ।
यो प्रतियोगिता नेपाली खेलाडीका लागि सन् २०२६ मा अस्ट्रेलियामा हुने १६औँ आइओएफटिसीको छनोटसमेत हो। अन्तिम दिन सांस्कृतिक महोत्सव पनि आयोजना गरिनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women