← समाचारमा फर्कनुस्
Other Sports Apr 14, 2024 · Nepalsports

सबै मिलेर सफल बनाउ– सदस्य–सचिव घिसिङ

सबै मिलेर सफल बनाउ– सदस्य–सचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितालाई सबै मिलेर सफल बनाउनु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति रनिङ सिल्डमा समावेश एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका राष्ट्रिय खेल संघका प्रतिनिधि र मुख्य प्रशिक्षकको उपस्थितिमा आइतबार भएको बैठकमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

‘राष्ट्रपति रनिङ सिल्ड जुनियरको सबै भन्दा ठूलो प्रतियोगिता हो । यसलाई भब्य र सफल बनाउनु हामी सबैको कर्तब्य हो । सबै मिलेर प्रतियोगितालाई सफल बनाउ ।’ सदस्य–सचिव घिसिङले भने– ‘प्रतियोगितासंग सम्बन्धित सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु जरुरी छ ।’

सदस्य–सचिव घिसिङले स्थानिय तह, ७७ जिल्ला र सातै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भइ हुन लागेको केन्द्रस्तरीय प्रतियोगिता जुनियर स्तरको सबै भन्दा ठूलो प्रतियोगिता हो भन्ने स्थापित गर्न जरुरी रहेको बताउदै खेलाडीको अनुसन्धानका लागि राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) को टिमलाई परिचालन गरिने बताए । सदस्य–सचिव घिसिङले सहभागिता, पारदर्शी र जवाफदेहीमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याउदै आगामी दिनमा खेलाडीलाई खाना÷बसोवास बाहेक ‘पकेट मनी’ को पनि व्यवस्था गर्ने विषयमा परिषद्ले योजना बनाइरहेको बताए । राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ गतेदेखि सुरु हुँदैछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →